काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ४ दशमलव ८२ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको होटेल र विकास बैँक समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५९ कम्पनीको ६ लाख ७२ हजार १ सय ३ कित्त सेयर बाट २० करोड ४५ लाख ७२ हजार ६ सय ६२ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह २१ दशमलव ४४ अंकले ओरालो लागेको छ । आज जलविधुत समुह १३ दशमलव ५९ अंकले, बैँक समुह ५ दशमलव ३४ अंकले, लघुवित्त समुह ५ दशमलव २४ अंकले, फाइनान्स समुह ३ दशमलव ०४ अंकले, अन्य समुह १ दशमलव २१ अंकले र उतपादनमुलक समुह ० दशमलव १३ अंकले ओरालो लागेको छ।
आज होटल र विकास बैँक समुह भने उकालो लागेको छ । आज होटेल समुह २ दशमलव २३ अंकले र विकास बैँक ३ दशमलव ७५ अंकले उकालो लागेको छ ।
१८ असार २०७५, सोमबार १५:१५
Comment