काठमाडौँ। बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ४ दशमलव ६२ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले कमाएका छन । आज कारोबारमा आएको १५७ कम्पनीको ५ लाख ८३ हजार ७ सय ३२ कित्त सेयर बाट १७ करोड ३० लाख ७७ हजार ६ सय ९१ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै होटल समुहले कमाउको छ। आज होटल समुह २० दशमलव ६७ अंकले ओरालो लागेको छ। आज विकास बैँक समुह ११ दशमलव ९४ अंकले,बैँक समुह ५ दशमलव ७५ अंकले,लघुवित्त समुह ४ दशमलव ४४ अंकले,अन्य समुह ४ दशमलव १८ अंकले र फाइनान्स समुह ० दशमलव २१ अंकले उकलो लागेको छ।
आज सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ। आज उतपादनमुलक समुह १९ दशमलव ८८ अंकले ओरालो लागेको छ । आज इन्स्योरेन्स समुह ४ दशमलव ५८ अंकले र जलविधुत समुह ४ दशमलव ४७ अंकले ओरालो लागेको छ।
१३ असार २०७५, बुधबार १५:१२
Comment