काठमाडौँ। कारोबारको पहिलो दिन आज आइतबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से १ दशमलव ३५ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६७ कम्पनीको ७ लाख ५० हजार ९ सय २६ कित्त सेयर बाट २० करोड ९३ लाख ८५ हजार ७ सय ९८ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ। आज इन्स्योरेन्स समुह २२ दशमलव ९२ अंकले उकालो लागेको छ । आज उतपादनमुलक समुह १२ दशमलव ०२ अंकले,फाइनान्स समुह ३ दशमलव ४५ अंकले, विकास बैँक समुह २ दशमलव २८ अंकले र बैँक समुह १ दशमलव ८९ अंकले उकलो लागेको छ।
आज सबै भन्दा धेरै जलविधुत समुुहले गुमाएको छ । आज जलविधुत समुह ७ दशमलव ३७ अंकले ओरालो लागेको छ। आज अन्य समुह २ दशमलव ६ अंकले , लघुवित्त समुह २ दशमलव ४ अंकले र होटल समुह २ दशमलव १२ अंकले ओरालो लागेको छ।
१० असार २०७५, आईतवार १५:११
Comment