सूर्या लाइफ इन्स्याेरेन्सले बाेनस र हकप्रद सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सूर्या लाइफ इन्स्याेरेन्सले बाेनस र हकप्रद सेयर दिने



काठमाडौं । सूर्या लाइफ इन्स्याेरेन्सले बाेनस र हकप्रद सेयर जारी गर्ने भएकाे छ। इन्स्याेरेन्सले १२% बोनस सेयरपछि फेरि ७०% हकप्रद सेयर जारी गर्ने भएको हाे । कम्पनीले हालै बिक्री गरेको ४०% हकप्रदपछि कायम पुँजीको १२% बोनस दिने र साे बोनसपछि कायम पुँजीमा फेरि ७०% हकप्रद जारी गर्ने भएको हो । सूर्याले बोनस र हकप्रद सम्बन्धी प्रस्ताव पारित गर्न असार ३२ गते वार्षिक साधारण पनि बोलाएको छ ।
कम्पनीले हालै बिक्री गरेको ४०% हकप्रदपछि चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुगेको छ । सूर्याले यही पुँजीमा १२% बोनस दिन लागेको हो । १२% बोनस सेयर वितरणपछि चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुग्नेछ । यसमा फेरि ७०% हकप्रद सेयर जारी गरेपछि भने चुक्ता पुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ हुनेछ ।
साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा हुनेछ । असार १७ देखि २३ गतेसम्म बुक क्लोज हुनेछ । असार १६ गतेसम्म कायम सेयरधनीले मात्र १२% बोनस पाउनेछन् ।

प्रकाशित : १० असार २०७५, आईतवार १२:२८