एनआईसी एसिया बैंकको सेवा विस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एसिया बैंकको सेवा विस्तार



काठमाडौं । एनआईसी एसिया बैंकले मोरङको ग्रामथान गाउँपालिकास्थित लखन्तरीमा ११औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त सेवाको उद्घाटन ग्रामथान गाउँपालिकाका उपाध्यक्ष  फुलकुमारी चौधरीले गर्नुभएको थियो । सो शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि बैंकले प्रतिनिधि स्थानीय मनचन चौधरीलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, टेलिफोन, मोबाइल, एडप्एसएल, डिस होमको महशुल भुक्तानी गर्नेलगायत स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको देशभर २२४ शाखा कार्यालय, २१७ एटीएम, १४ वटा एक्स्टेन्सन काउन्टर एवम् ११ वटा शाखारहित बैंकिङ इकाईमार्फत् सेवा प्रवाह गर्दै आएको छ । बैंकको वासलातको आकार १७३ अर्बभन्दा बढी पुगेको छ । जसमध्ये कुल निक्षेप करिब १४८ अर्ब तथा कर्जा प्रवाह करिब ११९ अर्ब रहेको । हालसम्म बैंकको ग्राहक संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

प्रकाशित : ८ असार २०७५, शुक्रबार १४:१७