शेयर कारोबार आजैदेखि खुल्ने, लगानीकर्ता र मन्त्रालयबीच वार्ता मिल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेयर कारोबार आजैदेखि खुल्ने, लगानीकर्ता र मन्त्रालयबीच वार्ता मिल्यो



काठमाडौं। शेयर लगानीकर्ताहरु र अर्थमन्त्रालयबीच वार्ता मिलेको छ । हकप्रद र बोनस शेयरमा वृद्धि भएको लाभकरको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका शेयर बजारका लगानीकर्ताहरु र अर्थमन्त्रालयका अधिकारीबीच शेयर कारोबार खुलाउने सहमति भएको हो ।

मंगलबार अर्थमन्त्रालयले यस विषयमा अध्ययन गर्न समिति गठन गरेको छ । उक्त समितिले १५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउने र त्यस अवधिसम्म शेयर कारोबार खोल्न लगानीकर्ताहरु सहमत भएका हुन् ।

हकप्रद र बोनस शेयरमा वृद्धि भएको लाभकरको विरोध जनाउँदै शेयर बजारका लगानीकर्ताहरु आन्दोलनमा उत्रिएपछि नेप्सेमा मंगलबारदेखि नै कारोबार बन्द भएको थियो । लगानीकर्ताहरुले आन्तरिक राजश्व विभागको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताए पनि मन्त्रालयसँग बार्ता मिलेपछि शेयर कारोबार आजैदेखि खुला हुने बताइएको छ । अर्थमन्त्रालयसँगको वार्ता सकिए पछि लगानीकर्ताहरु आन्तरिक छलफलमा जुटेको बताइएको छ ।

प्रकाशित : २३ जेष्ठ २०७५, बुधबार १३:१९