काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १४ दशमलव ६१ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको टे«डिड. समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६५ कम्पनीको ७ लाख ८ हजार १ सय ४७ कित्त सेयर बाट ३४ करोड ५९ लाख १४ हजार ५ सय ५ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह १ सय १५ दशमलव ७२ अंकले ओरालो लागेको छ । आज उतपादनमुलक समुह २५ दशमलव २ अंकले,होटल समुुह २२ दशमलव ३१ अंकले, लघुवित्त समुह १७ दशमलव ५७ अंकले,जलविधुत समुह १७ दशमलव ३६ अंकले , विकास बैँक समुह १२ दशमलव ४७ अंकले,बैँक समुह १२ दशमलव ३४ अंकले, अन्य समुह ४ दशमलव ६१ अंकले र फाइनान्स समुह ० दशमलव ३ अंकले ओरालो लागेको छ।
आज टेडिड. समुह भने २ दशमलव ९६ अंकले उकालो लागेको छ।
१७ जेष्ठ २०७५, बिहीबार १५:१७
Comment