काठमाडौँ। मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ९ दशमलव १८ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको इन्स्योरेन्स समुह बाहेक अरु सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएको १६७ कम्पनीको ८ लाख ४० हजार १ सय ७५ कित्त सेयर बाट ४१ करोड ७४ लाख ३६ हजार ९ सय ६८ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै होटल समुहले गुमाएको छ। आज होटल समुह ३३ दशमलव १८अंकले ओरालो लागेको छ । आज उतपादनमुलक समुह २० दशमलव ६ अंकले, लघुवित्त समुह १५ दशमलव ४८ अंकले,विकास बैँक समुह १४ दशमलव २१ अंकले, जलविधुत समुह १३ दशमलव ३३ अंकले, बैँक समुह १० दशमलव ५ अंकले, फाइनान्स समुह २ दशमलव ९६ अंकले र अन्य समुह १ दशमलव ४६ अंकले ओरालो लागेको छ।
आज इन्स्योरेन्स समुह भने उकलो लागेको छ।आज इन्स्योरेन्स समुह ५ दशमलव ६९ अंकले उकालो लागेको छ।
१५ जेष्ठ २०७५, मंगलवार १५:२७
Comment