काठमाडौँ । सोमबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ३५ दशमलव ९८ अंकले उकालो लागेको छ । आज कारोबारमा आएका सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका १ सय ६८ कम्पनीको १३ लाख ५९ हजार ६ सय ७५ कित्ता सेयर बाट ४७ करोड ४८ लाख ४६ हजार ९ सय ६१ रुपैयाको कारोबार भएको छ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह २ सय ७२ दशमलव ४४ अंकले उकालो लागेको छ। आज होटल समुह १०१ दशमलव ११ अंकले, लघुवित्त समुह ५९ दशमलव ०६ अंकले, विकास बैँक समुह ४८ दशमलव २८ अंकले, उतपादनमुलक समुह ४७ दशमलव ४५ अंकले,जलविधुत समुह ४७ दशमलव ३६ अंकले, बैँक समुह २५ दशमलव ४६ अंकले, अन्य समुह १७ दशमलव ५२ अंकले, फाइनान्स समुह १० दशमलव ३५ अंकले र टे«डिड. समुह २ दशमलव ५३ अंकले उकालो लागेको छ।
१४ जेष्ठ २०७५, सोमबार १५:१९
Comment