मोबाइल फोन सेवा अवरुद्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मोबाइल फोन सेवा अवरुद्ध



त्रिपुराकोट । विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ ।

विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् ।

जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले काम नगरेपछि विद्युत् आएकोे दिनमात्र टावर दिने र विद्युत् नआएको दिन दिनमा दश घण्टासम्म नमस्ते र स्काइ मोबाइल सेवा बन्द हुने गरेको बताइएको छ ।

पmोनमा ढुक्कसँग कुरा गर्न पनि बत्ती आउने दिननै कुर्नुपर्ने भएकाले सर्वसाधारण लामो समयदेखि मर्कामा पर्दै आएका छन् । विद्युत् अभावका कारण मोबाइल सेवा प्रभावित हुन थालेपछि सर्वसाधारणलाई लामो समयदेखि सञ्चारको असुविधा हुँदै आएको छ ।

सदरमुकाम दुनैमा रहेको जैरीगाड जलविद्युत् आयोजनाबाट नियमित बत्ती आपूर्ति नहुँदा नियमित टावर सञ्चालनमा समयस्या देखिएको नेपाल दुरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ ।

“मोबाइल टावर राखिएको स्थान जुफालको बत्ती पालो परेको दिनमा माबाइलमा टावर हुन्छ, पालो नपरेको दिन भने राति ९ बजे देखि नै काटिएको टावर भोलि बिहान ७ बजे पछि मात्र आउँछ” त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय नैनानन्द देवकोटाले भन्नुभयो ।

“विकट जिल्लामा फोन सम्पर्कको एकमात्र माध्यम मोबाइल टावरमा समेत समस्या हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ, राति बिरामी पर्दा डक्टर बोलाउनु परेमा वा तत्काल कसैसँग सम्पर्क गर्न खोज्दा मोबाइलमा टावर नै हुँदैन” उहाँले भन्नुभयो ।

जुफालमा रहेको टावरलाई नियमित सञ्चालन गर्नका लागि सोलार थप्न माग गर्दै पटक÷पटक नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जमा पत्राचार गरे पनि सुनुवाइ नभएको दुरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले बताउनुभयो ।

नेपाल टेलिकम क्षेत्रीय दुरसञ्चार कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश प्रधानका अनुसार यदि डोल्पाली जनतालाई टेलिफोन सेवामा असुविधा भएको हो भने जुफालमा सोलार थप्नका लागि तत्काल काम कारबाही अगाडि बढाउने बताउनुभयो ।

ठूलीभेरी नगरपालिकाको कार्यालय जुफालले लेन्डलाइन फोन र एडिएसएल इन्टरनेट सेवाको माग गरेकाले उक्त सेवा सञ्चालनका लागि पनि जुफालको टावरमा पनि सोलार थप्ने क्षेत्रीय प्रमुख प्रधानको भनाइ छ ।

प्रकाशित : ११ जेष्ठ २०७५, शुक्रबार १२:४४