चार टन बीउ वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चार टन बीउ वितरण



विराटनगर। रङ्गेली नगरपालिकाले तरकारी खेतीअन्तर्गत चार टन ओलको तरकारी बीउ किसानलाई वितरण गरेको छ ।

कृषिको व्यावसायीकरण गर्न र किसानलाई आत्मनिर्भर बनाउनका बीउ वितरण गरिएको हो ।

ओलको तरकारी लगाइने र त्यसको महत्व बुझ्नका लागि उक्त नगरपालिका अन्तर्गतका प्रत्येक वडाका किसानलाई तालीम दिएपछि बीउ वितरण गरिएको हो । नगरपालिकाको कृषि शाखाका कृषि अधिकृत काशी चैधरीका अनुसार रु दुई लाख ८० हजार मूल्य बराबरको उक्त बीउ जनकपुरबाट खरीद गरी किसानलाई वितरण गरिएको हो ।

ओलको तरकारी स्वास्थ्यका लागि राम्रो तथा व्यवसायका लागि फलदायी मानिन्छ । रङगेली नगरपालिकाका प्रमुख दिलीप बगडियाका अनुसार नगरपालिकाले चालु आवमा कृषितर्फ रु ६९ लाख बजेट छुट्याएको छ ।

प्रकाशित : ७ जेष्ठ २०७५, सोमबार १६:०३