काठमाडौँ। सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से २ दशमलव ०६ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको हाेटल,उतपादनमुलक,अन्य र लघुवित्त समुह बाहेक अरु सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६३ कम्पनीको८ लाख ७ हजार५ सय ३३ कित्त सेयर बाट ३५ करोड ५४ लाख ५० हजार ७ सय ९० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ७६ दशमलव ४५ अंकले ओरालो लागेको छ । आज जलविधुत समुह ७ दशमलव २९ अंकले,विकास बैँक समुह ६ दशमलव ३ अंकले, , बैँक समुह ३ दशमलव ४३ अंकले र फाइनान्स समुह ०दशमलव ५७ अंकले ओरालो लागेको छ।
आज सबै भन्दा धेरै लघुवित्त समुहले कमाएको छ । आज लघुवित्त समुह ३५ दशमलव ८२ अंकले उकालो लागेको छ । आज हाेटल समुह ११ दशमलव २७ अंकले,उतपादनमुलक समुह ८ दशमलव ३९ अंकले र अन्य समुह ४ दशमलव ८१ अंकले उकालो लागेको छ ।
Comment