उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ । आज नेप्से ४ दशमलव १६ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको फाइनान्स र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १५८ कमपनीको ४ लाख २३ हजार ३ सय ७६ कित्ता सेयर बाट २२ करोड २० लाख ५१ हजार ७ सय ९७ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै होटल समुहले कमाएको छ । आज होटल समुह ४६ दशमलव १४ अंकले उकालो लागेको छ । आज लघुवित्त समुह २२ दशमलव ८४ अंकले, जलविधुत समुह १३ दशमलव १३ अंकले,विकास बैँक समुह ९ दशमलव २८ अंकले, टे«डिड. समुह ५ दशमलव ८३ अंकले, अन्य समुह ४ दशमलव ६२ अंकले,बैँक समुह १ दशमलव ४६ अंकले र इन्स्योरेन्स समुह ० दशमलव १९ अंकले उकालो लागेको छ ।
आज फाइनास र उतपादनमुलक समुह भने ओरालो लागेको छ । आज फाइनान्स समुह २ दशमलव ८४ अंकले र उतपादनमुलक समुह ६ दशमलव ८७ अंकलो ओरालो लागेको छ ।

प्रकाशित : २ जेष्ठ २०७५, बुधबार १५:२६