जनता बैंक सप्तरीको रुपनी गाउँपालिकामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंक सप्तरीको रुपनी गाउँपालिकामा



काठमाडौ । जनता बैंक नेपाललिमिटेडको सोमबार देृखि रुपनी शाखाबाट कारोवार शुभारम्भ गरिएको छ । सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नं. १ मा रहेको यस शाखा नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीयतहमा बैंक शाखा स्थापनागर्ने नीतिअनुसार खोलिएका बैंकले जनाएको छ ।

सप्तरीजिल्लाको ग्रामिण क्षेत्रका साविकका ६गा.वि.स. समेटिएर बनेको रुपनी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बैंकको दाबी छ । साथै सो क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिई जिबनस्तर सहज बनाउन सक्नेछन् भन्ने बैंकले अपेक्षालिएको छ ।

यस सँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११०पुगेको छभने बैंकले ३३शाखा रहित बैंकिङ्ग, २सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सनकाउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : ३१ बैशाख २०७५, सोमबार १६:३६