कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद शेयर लिलामिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद शेयर लिलामिमा



काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद शेयर लिलामिमा खुलेको छ । बैंकको संस्थापक तथा सर्वसाधारण दुबै तर्फको अवितरित हकप्रद शेयर आजदेखि लिलामिमा खुलेको हो ।

बैंकले निस्काशन गरेको संस्थापक तर्फको १४ लाख ६१ हजार २ सय ७० कित्ता र सर्वसाधारण समूह तर्फको ३ लाख ९ सय १८ कित्ता गरी १७ लाख ६२ हजार १ सय ८८ कित्ता हकप्रद शेयर विक्रि नभएपछि लिलामिमा विक्रि खुला गरेको हो ।

बैंकको हकप्रद लिलामिका लागि आजदेखि जेठ ७ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकको हकप्रद निस्काशनका लागि विक्रि प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित : ३१ बैशाख २०७५, सोमबार ०८:३८