जोशी हाइड्रो पावरले जेठ ८ गतेबाट सेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जोशी हाइड्रो पावरले जेठ ८ गतेबाट सेयर निष्कासन गर्ने



काठमाडाै । जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले आगामी जेठ ८ गतेबाट स्थानीयका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले इलाममा निर्माणाधीन ३ मेगावाटको पुवाखोला जलविद्युत आयोजनाका प्रभावित स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयर निष्कासन गर्न लागिएको हो ।

 

20160724025551_ipoस्थानीयका लागि छुट्याइएको ३ करोड ७१ लाख ४० हजार रुपैयाँको ३ लाख ७१ हजार ४ सय कित्ता सेयर बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । सेयर खरिदकर्ताले चाँडोमा जेठ २२ र ढिलोमा असार ११ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । इलाम नगरपालिका, साखेजुङ, पुवामजुवा र माइपोखरी गाउँपालिकाका स्थानीयले न्युनतम ५० देखि अधिकतम १ हजार ८ सय कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।सेयर निष्कासन तथा बिक्री गर्न सिद्धार्थ क्यापिटललाई जिम्मा दिइएको छ । स्थानीयको सेयर बाँडफाँड गरेर सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ३० बैशाख २०७५, आईतवार १६:४६