महालक्ष्मी विकास बैंकको सहयोगमा दन्त शिविर सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महालक्ष्मी विकास बैंकको सहयोगमा दन्त शिविर सञ्चालन



काठमाडौं  । महालक्ष्मी विकास बैंकको सहयोगमा विहीबार दन्त शिविर सञ्चालन भएको छ । उक्त शिविर सञ्चालमा कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरको प्राविधिक सहयोग रहेको थियो भने जागरुकता समाज नेपालले उक्त शिविरको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १० सम्मका गरी ११५ जना विद्यार्थीहरुको दन्त परिक्षण गरिएको थियो । महालक्ष्मी विकास बैंक लि.का न्यूरोड शाखा प्रमुख हरेकृष्ण वाग्लेले हिमालयन माध्यमिक विद्यालयमा अध्ययनरत जेहन्दार तथा आर्थिक रुपमा कमजोर परिवारका ८ जना विभिन्न कक्षाका विद्यार्थीहरुलाई पाठ्यपुस्तक सामग्री वितरण समेत वितरण गरिएको थिए ।

प्रकाशित : २७ बैशाख २०७५, बिहीबार २२:१२