उपत्यकामामा लगातार दुई दिन सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उपत्यकामामा लगातार दुई दिन सार्वजनिक बिदा



काठमाडौ । काठमाडौँ उपत्यकामामा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ । बैशाख २९ शनिबार भएकाले स्वभाविक साह्प्ताहिक सार्वजनिक विदा हो भने बैशाख ३० आइतबार पनि एउटा पर्व परेका कारणले सार्वजनिक बिदा पाउने भएका छन्।

बैशाख ३० गते आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेको हुँदा उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने गर्छ। योसँगै राजधानी काठमाडौँमा लगातार २ दिन सार्वजनिक बिदा पर्न गएको छ । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल पुर्‍याएको चौथो दिनमा भोटोजात्रा हुने पुरानो प्रचलन छ।

प्रकाशित : 10 May, 2018 9:51 pm