ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ७ दशमलव ७ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको सबै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १६१ कम्पनीको ७ लाख ७३ हजार २ सय १० कित्त सेयर बाट ३५ करोड ८८ लाख ४४ हजार २ सय ६० रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ६९ दशमलव २८ अंकले ओरालो लागेको छ । आज होटल समुुह ३१ दशमलव ८२ अंकले, जलविधुत समुह २५ दशमलव ६३ अंकले,लघुवित्त समहु १४ दशमलव ४१ अंकले, अन्य समुह ६ दशमलव ४६ अंकले, विकास बैँक समुह ५ दशमलव ६७ अंकले, टे«डिडं समुह ५ दशमलव ८३ अंकले, बैँक समुह ३ दशमलव ३४ अंकले, फाइनान्स समुह २ दशमलव ४१ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २७ बैशाख २०७५, बिहीबार १५:२२