सिद्धार्थ बैंकको आवेदन नपरेका हकप्रद सेयर पुनः लिलामी हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकको आवेदन नपरेका हकप्रद सेयर पुनः लिलामी हुने



काठमाडौं । सिद्धार्थ बैंकको आवेदन नपरेका हकप्रद सेयर पुनः लिलामी हुने भएको छ । चुक्तापुँजी बढाउन बैंकले निष्कासन गरेको मध्ये सर्वसाधारण र संस्थापक गरी २ लाख १४ हजार ३३५ कित्ता हकप्रदको जेठ २ देखि खुला हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले बताएको छ ।

बिक्री बन्द जेठ १० गते हुने छ । बैंकको सर्वसाधारण समूहको १ लाख ७४ हजार ३१५ र संस्थापकको ४० हजार २० कित्ता रहेको छ । हकप्रद सेयर खरिदका लागि सिद्धार्थ क्यापिटलको राजधानीको नक्साल, र बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढीबाट सिलबन्दी बोलपत्र पेश गर्न सकिने छ ।

प्रकाशित : २७ बैशाख २०७५, बिहीबार ११:१५