ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ। बुधबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ४ दशमलव ८७ अंकले अाेरालाे लागेकाे छ । अाज काराेबारमा अाएकाे अन्य समुह बाहेका अरू सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएको १६० कम्पनीको ६ लाख ५४ हजार २ सय २४ कित्त सेयर बाट ३४ करोड ७ लाख ३४ हजार ३ सय ८९ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह १८ दशमलव ६९ अंकले ओरालो लागेको छ । आज होटल समुुह १२ दशमलव ०१ अंकले,विकास बैँक समुह ८ दशमलव ०७ अंकले,लघुवित्त समुह ६ दशमलव ६३ अंकले, जलविधुत समुह ६ दशमलव २ अंकले, बैँक समुह ५ दशमलव १ अंकले, उतपादनमुलक समुह ४ दशमलव ४३ अंकले र फाइनान्स समुह २ दशमलव ६९ अंकले ओरालो लागेको छ ।
आज अन्य समुह भने उकालो लागेको छ । आज अन्य समुह ० दशमलव ०९ अंकले उकालो लागेको छ ।

प्रकाशित : २६ बैशाख २०७५, बुधबार १५:२३