काठमाडाै । संघीय संसदको आज बुधबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रि–बजेट पेश गर्दै छन् । बैठक आज १ बजेको लागि आह्वान गरिएको छ । बैठकमा मन्त्री खतिवडाले प्रि-बजेटको रुपमा लिइने आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्न लागेका हुन् ।

अर्थमन्त्रीले संघीयता कार्यान्वयन, दिगो विकासका लक्ष्य प्राप्ति , पूर्वाधार क्षेत्रमा लगानी, पुननिर्माणमा प्राथमिकतालगायत विषयमा केन्द्रित प्रि–बजेट प्रस्तुतको तयारी गरेका छन्। बजेटमा सरकारको महत्वकांक्षासँग जोडिएका परियोजनाहरु पनि सामेल गरिनेछन् । अर्थमन्त्री खतिवडाले मंगलबार बजेट तयारीबारे पूर्वअर्थमन्त्रीहरुसँग छलफल गरेका थिए।





Comment