उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उकालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ । आज नेप्से १५ दशमलव ६५ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएको १६५ कमपनीको १४ लाख ३९ हजार ३ सय ९३ कित्ता सेयर बाट ५० करोड ६४ लाख ८९ हजार ३ सय २२ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह १ सय ५१ अंकले उकालो लागेको छ। आज होटल समुह ४३ दशमलव ८८ अंकले,लघुवित्त समुह ३५ दशमलव ७६ अंकले, जलविधुत समुह २० दशमलव ३ अंकले, विकास बैँक समुह १८ दशमलव १७ अंकले, बैँक समुह ११ दशमलव ७४ अंकले, फाइनान्स समुह ० दशमलव १४ अंकले र अन्य समुह ० दशमलव ०६ अंकले उकालो लागेको छ ।
आज उतपादनमुलक समुह भने ओरालो लागेको छ । आज उतपादनमुलक समुह २ दशमलव ४३ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २५ बैशाख २०७५, मंगलवार १५:१४