पर्खाल निर्माणका लागि वाउण्ड्री वाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पर्खाल निर्माणका लागि वाउण्ड्री वाल



काठमाडौं । भक्तपुरस्थित ख्वप कलेज अफ इन्जिनियरिगमा गोर्खा वाउण्ड्री वाल प्रयोग गरी पर्खाल बनाइएको छ । गोर्खा प्रिकाष्ट कम्पनीमा पहिल्यै तयार पारिएको एचबीम (पिलर) र प्रिकाष्ट प्यानल कलेजमा लगी जडान गरिएको हो । गोर्खा वाउण्ड्री वाल प्रिष्टे«स डण्डी (छड), सिमेन्ट, वालुवा र चिप्स प्रयोग गरी अत्याधुनिक मेशिनबाट कारखानामा नै उत्पादन गरिएको हो ।

जडानका लागि कारखानामा पहिला नै बनेका एचविमलाई पर्खालको आवश्यक उचाई अनुसार काटेर लगिन्छ । माटोको प्रकृति हेरी जग खनिन्छ । त्यसपछि एचबीम गाडेर सामान्य ढलान गरिन्छ । एचवीम अधिकतम आठआठ फिटको दुरीमा राखेर गाडिन्छ । एचवीमकोवीचमा ५० मिलिमिटर मोटाई, एक फिट चौडाई भएका प्रिकाष्ट प्यानलहरु ग्रुभ (डाँंटी जस्तो प्वाल) हरुमा सजिलै जडान गरिन्छ ।

ख्वप कलेज अफ इन्जिनियरिंगका प्राचार्य ई सुनिल दुवालले तीव्र निर्माण हुने भएकाले इटाको विकल्पमा वाउण्ड्री वालको प्रयोग गरी पर्खाल घेरेको जनाए । ‘छोटो समयमा जडान गरेर काम सम्पन्न हुने कारणले नै इटाको सटा यो प्रविधि रोजेका हौं, उनले थपे, साथै पछि सार्नुपरे पनि सामान पुन प्रयोग गर्न सकिन्छ ।’ गोर्खा प्रिकाष्ट एण्ड विण्डोरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ई राजन दुवालका अनुसार तीव्र निर्माण नै यसको मुख्य विशेषता हो ।

 

परम्परागत इटाको निर्माण भन्दा यो प्रविधिको निर्माण छोटो समयमै सकिन्छ । परम्परागत इटाको पर्खाल बनाउँंदा सवैतिर जग हाल्नुपर्ने तर यसमा आठआठ फिटको एचविम पिलर राख्ने ठाउँमा मात्रै जग राखे पुग्ने हुन्छ ।

यो प्रविधिबाट पर्खाल बनाएर पछि सार्नुपर्दा इटाको गारोमा जस्तै सवै सामान खेर नगई सजिलैसँंग पुन प्रयोग गर्न मिल्छ । साथै इटाको गारोमा जस्तो गारो भत्काउन गाहो नहुने मात्रै नभई सजिलै स्थानान्तरण गर्न सकिन्छ । उनका अनुसार प्रिस्टस डण्डी (पहिला तन्काएर ढलान गरिसकेपछि छोडिदिने) कारण प्रिकाष्ट प्यानल अझ वढी मजबुद हुन्छ ।

एक दुई दिनको तालिम पश्चात सजिलै जोकोहीले जडान गर्न सक्ने, प्लाष्टरको आवश्यकता नहुने, विभिन्न डिजाइनमा निकाल्न मिल्ने, आवश्यकता अनुसार पर्खालको माथि सजिलै काँडेतार अथवा फलामको रेलिंग जडान गर्न सकिने आदि यसका विशेषताहरु हुन् ।

यो भूकम्पप्रतिरोधी हुन्छ । पर्खाल भत्केर समयसमयमा हुने मानविय तथा भौतिक क्षति यसको प्रयोगबाट व्यहोर्नु पर्दैन । साथै यो सस्तो पनि हुन्छ ।
नौ इन्चको गाहो लगाउने खर्च भन्दा यो धेरै नै सस्तो हुने हुन्छ । चार इन्चको गाह्रो भन्दा भने केही सस्तो हुने हुन्छ ।

प्रकाशित : 8 May, 2018 12:02 pm