पुँजी बजारका बारेमा जानकारी चाहियो ? भृकुटीमण्डप जानुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुँजी बजारका बारेमा जानकारी चाहियो ? भृकुटीमण्डप जानुस्



काठमाडाै । पुँजी बजारका बारेमा जानकारी दिने उद्देश्यले नेपाल धितोपत्र बोर्डले एक्सपो आयोजना गर्ने भएको छ । वैशाख २६ र २७ गते आयोजना गर्न लागिएको यस कार्यक्रमलाई ‘पुँजी बजार प्रदर्शनी–२०७५’ नाम दिइएको छ । धितोपत्र बोर्डले आफ्नो इतिहासमै पहिलो पटक यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । पुँजी बजारसँग प्रत्यक्ष अप्रत्यक्षरुपमा सरोकार राख्ने सबै निकाय र संस्थाहरुको यसमा सहभागिता रहनेछ ।

२ दिनसम्म चल्ने यो कार्यक्रम राजधानीको भृकुटीमण्डपमा आयोजना हुनेछ । प्रदर्शनीमा प्रमुख रुपमा नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ, ब्रोकरहरु, मर्चेन्ट बैंकर, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ कम्पनी, डीपी र आस्वा सेवा प्रदान गर्ने कम्पनीहरुको सहभागिता रहनेछ । अधिकांश सूचीकृत कम्पनीहरुले पनि सहभागिता जनाउनेछन् ।

साथै, नेपाल राष्ट्र बैंक, बिमा समिति र आइक्यानको समेत सहभागिता रहने धितोपत्र बोर्डले जानकारी दिएको छ । प्रदर्शनीमा करिब १७० वटा स्टल रहने छन् ।

प्रकाशित : २५ बैशाख २०७५, मंगलवार ११:४३