काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ ।आज नेप्स ५ दशमलव ७७ अंकले उकालो लागेको छ। आज कारोबारमा आएको होटल र अन्य समुह बाहेक अरु सबैे समुहले कमाएका छन् ।। आज कारोबारमा आएका १६९ कमपनीको १४ लाख ६५ हजार ५ सय ९३ कित्ता सेयरबाट ७६ करोड ८३ लाख७२ हजार २ सय ९३ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ७५ दशमलव ६२ अंकले उकालो लागेको छ। आज जलविधुत समुह १७ दशमलव १ अंकले, लघुवित्त समुह १६ दशमलव ५५ अंकले, उतपादनमुलक समुह १० दशमलव ६ अंकले, फाइनान्स समुह ३ दशमलव ८६ अंकले, बैँक समुह ३ दशमलव ५५ अंकले, विकास बैँक समुह ३ दशमलव ४९ अंकले उकालो लागेको छ ।
आज होटेल र अन्य समुह भने ओरालो लागेको छ। आज होटल समुह ८ दशमलव ६७ अंकले र अन्य समुह २ दशमलव ९६ अंकले ओरालो लागेको छ।
२० बैशाख २०७५, बिहीबार १५:२१
Comment