आइएमई प्रिभिलेज/कस्टोमर कार्ड वहाकलाई १५ स्थानमा विशेष छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमई प्रिभिलेज/कस्टोमर कार्ड वहाकलाई १५ स्थानमा विशेष छुट पाउने



काठमाडौं। आइएमई लिमिटेडले आइएमई कस्टमर÷प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।


यो नयाँ व्यवस्था २०७५ साल वैशाख १९ गतेबाट लागु हुने कम्पनीले जनाएको छ । बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फन भ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफी लाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजी बजार, भेलोसिटी एरिना र सीमी शो जस्ता स्थानहरुबाट हाललाई यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो सेवा लिनको लागि सेवाग्राहीहरुले बिल जारि गर्नुपूर्व आफुले बोकेको आइएमई प्रिभिलेज÷कस्टमर कार्ड देखाउनुपर्ने छ ।

प्रकाशित : १९ बैशाख २०७५, बुधबार २१:५०