भोजपुरमा १३ जना लेखापाल अभाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भोजपुरमा १३ जना लेखापाल अभाव



भोजपुर /  भोजपुर जिल्लाभर १३ जना लेखापालको अभाव रहेको छ ।

स्थानीय सरकारको निर्माण भएपश्चात पहिलोपटक यति ठूलो संख्यामा लेखापाल अभाव देखिएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय, भोजपुरका अनुसार हाल जिल्लामा दरबन्दीभन्दा कम लेखापाल कार्यरत छन् ।

साल्पासिलिछो गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला मालपोत कार्यालयलगायत १३ कार्यालयमा लेखापाल अभाव रहेको अवस्था छ ।

यसअघि सामान्य प्रशासन मन्त्रालयबाट खटाइएका लेखापाल भौगोलिक विकटताले गाउँमा आएर काम गर्न नचाहने कारणले गर्दा दरबन्दीअनुुसारको लेखापाल अभाव रहेको हुनसक्ने नागरिक समाजका अगुवा पर्शुराम तिवारीको बुझाइ छ । लेखापाल नहुँदा विभिन्न योजनाको निकासा रकम अवरुद्ध भएको छ ।

प्रकाशित : 1 May, 2018 11:42 am