मंगलबारे । पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट १० दिनभित्रमा परीक्षण हुने बताउनुभएको छ ।
नेम्वाङले आज बिहान आयोजित पत्रकार सम्मेलनमा सबै प्रक्रिया पु¥याएर १० दिनभित्र परीक्षण उडान गरिने बताउनुभयो ।
एक दशकदेखि निर्माण कार्य शुरु भएको विमानस्थल सञ्चालन गर्न जिल्लावासीको चासो बढिरहेका बेला नेम्वाङले परीक्षण उडान गर्ने आश्वासन दिनु भएको छ । उहाँको यस आश्वासनले जिल्लावासी उत्साहित भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई उद्धृत गर्दै १० दिनभित्र परीक्षण उडान हुन्छ, १५ दिनमा इलाम लिएर जान्छु भनेको स्मरण गर्नुभयो ।
सुकिलुम्बामा ट्विनअटर विमान अवतरण तथा उडान हुने बताइएको छ ।
Comment