गरिमा विकास बैंकले कति कमायो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गरिमा विकास बैंकले कति कमायो ?



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमासमा खुद मुनाफा २८ करोड १५ लाख रुपैयाँ कमाउन सफल भएको छ । यो गत वर्षको तुलनाभन्दा १३ दशमलव २८ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा मुनाफा २४ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

 


२ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी भएको गरिमा बैंकले जगेडाकोषमा ५७ करोड ९ लाख रुपैयाँ राखिएको छ । निक्षेपमा १८ अर्ब ६३ करोड ९६ लाख रुपैयाँ संकलन गरेर कर्जामा १७ अर्ब १० करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २८ दशमलव ७२ प्रतिशत र सञ्चालन मुनाफा १२ दशमलव ६६ प्रतिशतले बढेको हुदा मुनाफा पनि बढेको हो ।

बैंकको निस्कृय कर्जा शुन्य दशमलव ७८ प्रतिशत, पूँजीकोषको अनुपात २० दशमलव ५० प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १४ दशमलव ८१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १२ दशमलव २२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २२ दशमलव ५२ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ९० प्रतिशत रहेको छ ।

प्रकाशित : १२ बैशाख २०७५, बुधबार ११:०५