काठमाडौँ । मंगलबार नेप्से ओरालो लागेर बन्द भएको छ ।आज नेप्से १५ दशमलव ९९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको टे«डिड. समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १७० कमपनीको १७ लाख १९ हजार ८ सय कित्ता सेयरबाट ७३ करोड ९२ लाख २२ हजार ५९ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ७६ अंकले ओरालो लागेको छ । आज विकास बैँक समुह २७ दशमलव ७९ अंकले,बैक समुह १५ दशमलव ८५ अंकले, जलविधुत समुह १३ दशमलव १ अंकले, होटल समुह ११ दशमलव ८३ अंकले, लघुवित्त समुह १० दशमलव ५१ अंकले, फाइनान्स समुह ९ दशमलव ९२ अंकले, उतपादनमुलक समुह ९ दशमलव ९१ अंकले र अन्य समुह ६ दशमलव ८३ अंकले ओरालो लागेको छ ।
आज ट्रेडिड समुह भने उकालो लागेको छ । आज ट्रेडिड समुह २ दशमलव ८७ अंकले उकालो लागेको छ ।
११ बैशाख २०७५, मंगलवार १५:१९
Comment