तेस्रो त्रैमाससम्म कति कमायो नेपाल बैंकले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तेस्रो त्रैमाससम्म कति कमायो नेपाल बैंकले ?



काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ५६ करोड ७७ लाख २८ हजार रुपैयाँ खुदनाफा गरेको छ । बैंकले सोमबार तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै २ अर्ब ५६ करोड ७७ लाख २८ हजार रुपैयाँ खुदनाफा गरेको जनाएको हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा प्रतिकुल अवस्थामा पनि बैंकको वित्तीय अवस्था सकरात्मक रहेको जानकारी दिएको छ ।

बैंकको खराब कर्जा २.९१, निक्षेप लागत २.९७, प्राथमिक पुँजी, कर्जा र सीसीडी रेसियो ७६.४८, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड) दर ४.९९ र आधार ब्याज दर बढेर ७.११ प्रतिशत पुगेको छ । गत पुसमा बैंकको आधार ब्याजदर ६.९३ प्रतिशत थियो ।

प्रकाशित : १० बैशाख २०७५, सोमबार ११:२३