महालक्ष्मी विकास बैंकको १६ औं वार्षिक साधारणसभा बैशाख २१ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महालक्ष्मी विकास बैंकको १६ औं वार्षिक साधारणसभा बैशाख २१ गते



काठमाडौं । महालक्ष्मी विकास बैंकको १६ औं वार्षिक साधारणसभा बैशाख २१ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत अर्थात २३ करोड ७० लाख ४१ हजार रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

संस्थापक सेयरधनीका तर्फबाट ३ र सर्वसाधारणबाट ३ गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

यस्तै सञ्चालकको बैठकभक्ता र सुविधा वृद्धिको प्रस्ताव सभामा पेश हुने छ । बैंक अन्य कुनै बैंकसंग एकआपसमा गाभिने वा प्राप्तिका लागि उपर्यत बैंक तथा वित्तीय संस्थाको पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्न सोका आधारमा सहमतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने प्रस्ताव सभामा पेश हुने छ ।

यस्तै चलअचल सम्पत्ति दायित्व र कारोबार मूल्याँकन (डीडीए) नियुत्तः गर्न र प्राप्ती र एकआपसमा गाभिन प्रयोजनका लागि निर्णय लिन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

प्रकाशित : २८ चैत्र २०७४, बुधबार ११:११