रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँड अाज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँड अाज



काठमाडौँ ।  रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण सेयर (आइपिओ) को बाँडफाँट आइतबार (आज ) हुने भएको छ । स्मार्ट क्याफे (चिलिमे जलविद्युत कम्पनीको कार्यालयको गेट नजिक) धुम्वाराही,काठमाडौंमा हुने बताइएको छ ।

दुवै कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई सेयर बिक्री गरेका थिए । सेयर गोलापर्थाबाट बाडफाड हुने बताइएको छ ।

सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन म्याद थियो । यस्तै संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने समयावधि तोकिएको थियो ।

दुवै कम्पनीको साधारण सेयरमा कूल मागको तुलनामा छ गुणा बढी आवेदन परेको छ । दुवै कम्पनीमा सञ्चयकर्ताका लागि रु दुई अर्ब चार करोड ५९ लाख ५९ हजार ५०० बराबरको दुई करोड चार लाख ५९ हजार ५९५ कित्ता सेयर छुट्याइएको थियो । ती आवेदनबाट रु ११ अर्ब संकलन भएको छ ।

रसुवागढीमा एक लाख ८८ हजार र साञ्जेनमा एक लाख ८३ हजार सञ्चयकर्ताले आवेदन दिएका थिए । रसुवागढी १११ मेगावाट क्षमताको आयोजना हो । सो आयोजनाको निर्माण ६५ प्रतिशत सकिएको छ । मागभन्दा झण्डै छ गुणा बढी आवेदन परेकाले सेयर संख्या कम भएको हो ।
रसुवामै निर्माण भइरहेको ५७.३ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ ।

प्रकाशित : १८ चैत्र २०७४, आईतवार ११:२३