काठमाडौं । लघुवित्त विज्ञ मेघराज गजुरेल पोखरा स्थित स्पर्स लघुवित्त वित्तीय संस्थाको संचालकमा नियुक्त भएका छन् । उक्त वित्तीय संस्थाको गत आइतवार बसेको ३१ औ बैठकले उनलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
गजुरेले कृषि बिकास बैंक, एनसिसी बैंक र आरएमडिसी समेतमा गरेर ३८ बर्ष बैंकिग क्षेत्रको नीति निमार्णको तहमा सेवा गरेको अनुभव रहेको छ । जनप्रशासनमा
स्नाकोत्तर गरेका गजुरेल लघुवित्तको क्षेत्रमा बिशेषज्ञको रुपमा चर्तित छन् । हाल उनी विभिन्न लघुवित्त वित्तीय संस्थाहरुको तालिम तथा सेमिनारहरुमा श्रोत व्यक्तिको रुपमा काम गर्दै आएका छन् ।
“हामीले अहिले सम्मा १५ वटा शाखा मार्फत करिब ५,५०० विपन्न सदस्यहरुलाई २० करोड लगानी गरी करिब ३ करोड बचत संकलन गरिसकेको छौं” संस्थाका प्रमुख कार्यकारी अघिकृत सजल खड्काले बताए ।
स्पर्स लघुवित्तले कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखा जिल्लाका बैंकिङ्ग पहँुच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकबाट २०७४ असार २३ गते शुक्रबार ५२ औं लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्ने अनुमती पाएको पोखरा लेखनाथमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त वित्तीय संस्थाका संस्थापकहरुमा जनता बैंक, मेगा बैंक तथा ७५ जना विभिन्न व्यवसायिक र समाजसेवी व्यक्तित्वहरु छन् ।
11 March, 2018 4:22 pm





Comment