सिनर्जीको कारवाही फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिनर्जीको कारवाही फुकुवा



काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारबाट सिनर्जी फाइनान्स लिमिटेडको शिघ्र सुधारात्मक कारवाही फुकुवा गरेको छ ।  बैंकले २०७१ असार मसान्तको लेखापरीक्षणको आधारमा शिघ्र सुधारात्मक कारवाही गरेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार संस्थाको असार मसान्तसम्ममा पुँजीकोष अनुपातमा सुधार पाइएकोले कारवाही फुकुवा गरिएको बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।ssss

‘२०७१ पुस, चैत र २०७२ असार मसान्त सम्मको पुँजीकोष अनुपात बैंकको निर्देशन बमोजिम पाइएको छ,’ वित्त कम्पनी सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुधारात्मक कार्वाही अनुसार फाइनान्सले गरेको सुधारका कारण फाइनान्सलाई लगाइएको शिघ्र सुधारात्मक कारवाही फुकुवा गरिएको छ ।’

फाइनान्समा १ अर्ब ९० करोड २३ लाख रुपैयाँ सर्वसाधारणको निक्षेप छ भने फाइनन्सले १ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । करिव ढेड वर्षअघि एल्पिक, बुटवल र सिएमवी फाइनान्स मर्ज भई सिनर्जी फाइनान्सको नाममा सञ्चालनमा आएको थियो ।

प्रकाशित : २४ भाद्र २०७२, बिहीबार १३:५२