सुनचांदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनचांदीको मुल्य स्थिर



काठमाडाै । साताको दोस्रो दिन सुनचांदीको मुल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ५४ हजार ९ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै चांदी पनि स्थिर रहदै प्रति तोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै तेजाबी गोल्ड प्रति तोला ५४ हजार ६०० मा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघले आज सोमबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४७ हजार ७० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४६ हजार ८ सय १५ रुपियाँ तोकेको छ । साथै प्रति १० ग्राम चांदीको मूल्य ६ सय २६ रुपियाँ कायम गरेको छ।

प्रकाशित : ११ पुष २०७४, मंगलवार ११:२७