फोहोर जलाउँनु हुन्छ ? कारवाहीमा परिएला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फोहोर जलाउँनु हुन्छ ? कारवाहीमा परिएला



काठमाडौं । काठमाडौंको वायुप्रदुषण गराउने प्रमुख कारक बनेको फोहोर बाल्ने कार्य नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सक्रियता देखाएको छ ।

घर वरपर वा सडक सफा राख्न वा आगोसमेत ताप्ने उद्देश्यले फोहोर बाल्दा प्रदुषण बढेर जनस्वास्थ्यमा समेत जोखिम बढेको भन्दै त्यसलाई रोक्न महानगरपालिकाले कारवाही बढाएको हो ।

पछिल्ला दिनमा फोहोर जथाभावी बाल्ने कार्यमा संलग्न ५–७ जनालाई दैनिक जरिवानासमेत तिराउने गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले कानुनअनुसार सचेत गराउँदा पनि यस्तो कार्य जारी राखेको पाएपछि कारवाही थालिएको बताए ।

समातिएकाहरुलाई फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० बमोजिम ५ हजार जरिवाना गरेर छाडिएको जानकारी कार्कीले दिए । (नागरिक दैनिक)

प्रकाशित : ७ पुष २०७४, शुक्रबार ०९:२८