आइतबार ६ अर्बको विकास ऋणपत्र आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइतबार ६ अर्बको विकास ऋणपत्र आउदै



काठमाडौं। नेपाल राष्ट्र बैंकले  आइतबार ५ अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०८१ ख’ निष्कासन गर्न लागेको छ । राष्ट्र बैंकले सरकारको विकास आयोजनाका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो ।

सरकारले चालु आर्थिक वर्षमा १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये विकास ऋणपत्र औजारबाट मात्र ७४ अर्ब रुपैयाँ उठाउने तयारी छ ।केन्द्रीय बैंकले कात्तिक १९ गते ७ वर्ष अवधिको बोलकबोल मार्फत ऋणपत्र बिक्री गर्ने भएको छ । ऋणपत्रको सावाँ भुक्तानी ०८१ कात्तिक २० गते हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : १७ कार्तिक २०७४, शुक्रबार १४:२२