आरम्भ माइक्रोफाइनान्सको दुई करोड ९४ लाख रुपैयाँको आइपिओ आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आरम्भ माइक्रोफाइनान्सको दुई करोड ९४ लाख रुपैयाँको आइपिओ आउने



काठमाडौं। आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा दुई करोड ९४ लाख रुपैयाँ दुई लाख ९४ हजार कित्ता शेयर जारी गर्न भएको हो ।

कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव आगामी कात्तिक १८ गते बस्ने तेस्रो वार्षिक साधारणसभामा लैजाने भएको छ । साधारणसभाले पारित गरेपछि कम्पनीले शेयर निष्कासनको प्रक्रिया अगाडि बढाउनेछ ।

कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसियालाई यसअघि नै नियुक्त गरिसकेको छ ।

कम्पनीले उक्त साधारणसभाबाट कार्यक्षेत्र विस्तार गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव समेत पारित गर्ने भएको छ ।

प्रकाशित : २४ आश्विन २०७४, मंगलवार ११:३६