काठमाडौं, ६साउन । तिनाउ विकास बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ९ करोड ६७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनामा २० दशमलव ६५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ८ करोड १ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
४६ करोड ८ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा भने १४ करोड ४३ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा १८ दशमलव ५२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ संकलन गरी कर्जामा ३ अर्ब २४ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानीमा ५४ दशमलव १३ प्रतिशतले वृद्धि गरी २० करोड ५८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा ५७ दशमलव १४ प्रतिशतले वृद्धि गरी १४ करोड ३० लाख रुपैयाँ कमाएको छ । बैंकले ७५ लाख रुपैयाँ खराब कर्जा उठाएको ले पनि मुनाफा ९ करोड रुपैयाँ पुग्न गएको हो । प्रोभिजनमा भने १ करोड ८६ लाख रुपैयाँ राखिएको छ ।
बैकको पूँजीकोषको अनुपात १६ दशमलव २९ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ७५ प्रतिशत, प्रति शेयर आम्दानी वार्षिक २१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३१ दशमलव ३२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव ६८ गुणा र तरलता अनुपात २९ दशमलव १६ प्रतिशत गरेको छ ।










Comment