नबिल बैंकलाई भिसा इन्टरनेशनलका दुई प्रतिष्ठित अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

अर्थतन्त्र

नबिल बैंकलाई भिसा इन्टरनेशनलका दुई प्रतिष्ठित अवार्ड

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौँ । नबिल बैंकले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक कम्पनी भिसा इन्टरनेशनलबाट प्रदान गरिने दुई प्रतिष्ठित विधामा अवार्ड जितेको छ। बैंकले कन्ट्याक्टलेस कार्ड जारी गर्ने र ई–कमर्स भुक्तानी सेवा विस्तार गर्ने क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै उक्त अवार्ड प्राप्त गरेको हो।
नबिल बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड जितेको हो।
काठमाडौँस्थित मेरियट होटलमा सोमबार आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकका प्रतिनिधिहरूले अवार्ड ग्रहण गरेका थिए। यी विधामा नबिल बैंकले यसअघि पनि आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले अवार्डले ग्राहकको सुविधा र सहजतालाई केन्द्रमा राखेर डिजिटल बैंकिङ सेवामा नवीनता ल्याउन थप ऊर्जा मिलेको बताए।

उनले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रतिको प्रतिबद्धतालाई यस सम्मानले थप प्रेरित गरेको उल्लेख गरे।

भिसा इन्टरनेशनल विश्वकै प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये एक हो। कम्पनीले नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ।
चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले प्रविधिमैत्री तथा आधुनिक बैंकिङ सेवामार्फत आफ्नो सेवा विस्तार गर्दै आएको छ। ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अघि बढाइरहेको बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिँदै आएको छ।

प्रकाशित : ९ मंसिर २०८३, बुधबार १७:३३ 25 November, 2026 5:33 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।