तीन वर्षपछि लक्ष्मी लघुवित्तले घोषणा गर्‍यो लाभांश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

तीन वर्षपछि लक्ष्मी लघुवित्तले घोषणा गर्‍यो लाभांश

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LLBS) ले तीन वर्षपछि शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने संस्थाले जनाएको छ।

लक्ष्मी लघुवित्तले पछिल्ला तीन आर्थिक वर्षदेखि शेयरधनीलाई लाभांश वितरण गरेको थिएन। यसअघि आर्थिक वर्ष २०७८/७९ मा संस्थाले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो।

तीन वर्षपछि लाभांश घोषणा गरेको संस्थाको यस निर्णयले शेयरधनीलाई पुनः प्रतिफल प्राप्त हुने बाटो खुलेको छ।

प्रकाशित : ४ मंसिर २०८३, शुक्रबार १५:३३ 20 November, 2026 3:33 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।