ग्लोबल आइएमई बैंकको वित्तीय आधार बलियो बन्दै, नेटवर्थमा निरन्तर छलाङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ग्लोबल आइएमई बैंकको वित्तीय आधार बलियो बन्दै, नेटवर्थमा निरन्तर छलाङ



काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रतिशेयर नेटवर्थ पछिल्लो पाँच आर्थिक वर्षदेखि निरन्तर बढिरहेको छ। बैंकको वित्तीय विवरणले पुँजीगत आधार र सञ्चित कोषमा क्रमिक सुधार हुँदै गएको देखाएको छ।

बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ६० पैसा रहेको थियो। आर्थिक वर्ष २०७९/८० मा बढेर १६५ रुपैयाँ ०९ पैसा पुगेको नेटवर्थ आर्थिक वर्ष २०८०/८१ मा १६९ रुपैयाँ ९७ पैसा कायम भएको थियो।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा बैंकको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ८० पैसा पुगेको थियो। आर्थिक वर्ष २०८२/८३ मा भने अघिल्लो वर्षको तुलनामा ७ रुपैयाँ ८३ पैसाले वृद्धि हुँदै १८२ रुपैयाँ ६३ पैसा कायम भएको छ।

पाँच आर्थिक वर्षको तथ्यांक तुलना गर्दा बैंकको प्रतिशेयर नेटवर्थ २४ रुपैयाँ ०३ पैसाले बढेको देखिन्छ। यसले उक्त अवधिमा बैंकको नेटवर्थमा निरन्तर सुधार भएको संकेत गर्छ।

प्रतिशेयर नेटवर्थ बैंकको प्रतिसेयर खुद सम्पत्तिको अवस्था मापन गर्ने महत्वपूर्ण वित्तीय सूचक हो। यसको वृद्धिले बैंकको वित्तीय आधार र सेयरधनीको खुद सम्पत्तिमा भएको परिवर्तन बुझ्न सहयोग पुर्‍याउँछ।

प्रकाशित : 10 November, 2026 3:07 pm