एसियन लाइफको कामु सीईओमा होम बहादुर श्रेष्ठ, दिनेश लाल श्रेष्ठको राजीनामा स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एसियन लाइफको कामु सीईओमा होम बहादुर श्रेष्ठ, दिनेश लाल श्रेष्ठको राजीनामा स्वीकृत



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले राजीनामा दिएका छन्।

सीईओ श्रेष्ठको राजीनामा कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले स्वीकृत गरेको छ। उनको राजीनामा कात्तिक १० गतेबाट लागू हुनेछ।

यसैगरी सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि होम बहादुर श्रेष्ठलाई कात्तिक १० गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। उनी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छन्।

प्रकाशित : 26 October, 2026 12:19 pm