काठमाडौ । नेपालका लागि इन्डोनेसियाका राजदूत मनोनित लिस्टियोवतीले आईएमई ग्रुपसँग भेटघाट गरेकी छन्। बंगलादेशको ढाकामा रहेर कार्य गर्दै आएकी उनले नेपालमा कूटनीतिक जिम्मेवारी सम्हाल्ने तयारीका क्रममा आईएमई ग्रुपसँग भेट गरेकी हुन्।
आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जालमार्फत राजदूत मनोनित लिस्टियोवतीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले नेपाल र इन्डोनेसियाबीच लामो समयदेखि कायम रहेको मित्रता, आपसी सहयोग र साझा मूल्य–मान्यताले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै आएको उल्लेख गरेका छन्।
ढकालले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने राजदूत लिस्टियोवतीको प्रतिबद्धता प्रशंसनीय रहेको बताउँदै उनको कार्यकाल सफल र फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
नेपाल र इन्डोनेसियाबीच व्यापार, लगानी तथा आपसी सहकार्यका विभिन्न क्षेत्रमा सम्बन्ध विस्तारको सम्भावना रहँदै आएको छ। दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउन कूटनीतिक पहल र निजी क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।









Comment