लाभ र पदका लागि कहिल्यै राजनीति गरिनँ : गोविन्द भट्टराई  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

लाभ र पदका लागि कहिल्यै राजनीति गरिनँ : गोविन्द भट्टराई 



काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले लाभ र पदका लागि कहिल्यै राजनीति नगरेको बताएका छन् । उपसभापति खुला पदमा उम्मेदवार रहेका भट्टराईले पराजित भएपछि सोमबार सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिदै राजनीतिबाट पद भन्दा विश्वास र माया पाएको बताए ।  

‘१५ औं महाधिवेशनमा म माथि विश्वास गरेर मत प्रदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरुप्रति अनुग्रहित छु । तपाईंको मात्र विश्वासले नपुगेर मलाई पार्टीको जिम्मेवारी सम्हाल्ने यात्रामा अझ धेरै साथीहरुको भरोसा जित्न आवश्यक रहेको यस मत परिणामले देखाएको छ,’ उनले भने, ‘मैंले लाभ र पदका लागि कहिल्यै राजनीति गरिनँ । मैले अहिलेसम्म पाएको तपाईंको विश्वास र माया नै हो ।’

उनले आगामी दिनमा धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् ।‘आगामी राजनीतिक यात्रामा भरोसा जित्न बाँकी धेरै साथीहरुको भरोसा जित्नका लागि मेरो चेत, लगाव र समय खर्चने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने ।

प्रकाशित : 12 October, 2026 12:43 pm