बुढीगण्डकी बाढी : हेलिकोप्टरबाट ५० भन्दा बढीको उद्धार, पाँच जना सम्पर्कविहीन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

बुढीगण्डकी बाढी : हेलिकोप्टरबाट ५० भन्दा बढीको उद्धार, पाँच जना सम्पर्कविहीन



गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीका कारण गोरखाका तीनवटा गाउँपालिकामा ठूलो क्षति पुगेको छ। चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन्।

शर्माका अनुसार बाढी प्रभावित क्षेत्रबाट हेलिकोप्टरमार्फत ५० जनाभन्दा बढीको उद्धार गरिएको छ। बाढीका क्रममा पाँच जना भने अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन भएकाहरूको खोजी भइरहेको र प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको उनले बताए। बाढीका कारण प्रभावित गाउँपालिकाका बस्ती तथा भौतिक संरचनामा क्षति पुगेको छ। घटनाबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित : 11 October, 2026 6:28 pm