त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द



काठमाडौं । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य हाललाई बन्द गरिएको छ ।

आज बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल, नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको थियो ।

उद्धार टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याएको थियो । उनीहरूको उपचार भइरहेको छ ।

खोज तथा उद्धारका क्रममा सुरुङबाट एक शवसमेत निकालिएको थियो । थप व्यक्तिको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिए पनि हाल उद्धार गर्न कठिन भएपछि बन्द गरिएको छ ।

प्रकाशित : 4 September, 2026 8:11 pm