काठमाडौं । भिभोले आफ्नो बहुप्रतीक्षित नयाँ स्मार्टफोन भिभो भि८० लाईटको पहिलो झलक आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । डिजाइनलाई प्राथमिकतामा राखेर तयार गरिएको भनिएको भिभो भि८० लाईटले स्मार्टफोन बजारमा नयाँ शैली र अनुभव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । परिष्कृत कभ्र्ड डिजाइन तथा आधुनिक प्रविधिको संयोजनसहित आउने अपेक्षा गरिएको यस स्मार्टफोनले दैनिक प्रयोगलाई थप सहज र प्रिमियम बनाउने लक्ष्य राख्नेछ ।
डिजाइनसँग जोडिएको “स्ले एभरी एज” अवधारणाले स्मार्टफोनको सौन्दर्यसँगै प्रयोगकर्ताको सहजतालाई समेत प्राथमिकता दिने देखिन्छ । यस अवधारणाअन्तर्गत सिमलेस कव्र्स र कम्फर्टेबल ग्रिप (सहज पकड) लाई विशेष ध्यान दिइएको छ । साथै, अल्ट्रा–स्लिम युनिबडी डिजाइनमा आउने भनिएको भि८० लाईटमा ७०५० एमएएच अल–डे ब्याटरी (दिनभर चल्ने ब्याटरी) उपलब्ध हुने अपेक्षा गरिएको छ, जसले लामो समयसम्म बारम्बार चार्ज गर्नुपर्ने चिन्तालाई पूर्णरूपमा अन्त्य गर्नेछ ।
भिभो भि८० लाईटको डिजाइनलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको अर्को विशेषता यसको स्काइलाइन क्यामेरा डिजाइन र उत्कृष्ट सिल्क ह्वाइट फिनिस होे, जो चराको उडान भर्ने क्षणबाट प्रेरित छ । तेर्सो क्यामेरा मोड्युलले फैलिएको पखेटाको आकारलाई प्रतिबिम्बित गर्दछ, जसले स्मार्टफोनको समग्र डिजाइनमा आधुनिक तथा गतिशील सौन्दर्य थप्ने अपेक्षा गरिएको छ ।
कार्यसम्पादनतर्फ, भिभो भि८० लाईटमा मिडियाटेक डाईमेनसिटी ७३६०–टर्बो चिपसेट रहने अपेक्षा गरिएको छ । ४ एनएम प्रोसेसमा आधारित यस प्रोसेसरले दैनिक प्रयोग, मल्टिटास्किङ, मनोरञ्जन तथा गेमिङमा सहज र भरपर्दो कार्यसम्पादन प्रदान गर्ने अपेक्षा गरिएको छ , जसले ५०–महिनासम्म सहज अनुभव, ३ जेनरेसन ओएस अपग्रेड र ५ वर्षको सुरक्षा अपडेट प्रदान गर्दछ । मोबाइल गेमिङमा रुचि राख्ने प्रयोगकर्ताका लागि पनि यो स्मार्टफोन आकर्षक विकल्प हुन सक्ने देखिन्छ । प्रारम्भिक जानकारीअनुसार, यसले ३० डिग्री सेल्सियसको वातावरणमा मोबाईल लेजेण्डमा ३ घण्टासम्म ९० एफपिएस स्थिर गेमिङ अनुभव प्रदान गर्न सक्नेछ । यससँगै १।५के अल्ट्रा क्लियर एमोलेड डिस्प्ले रहने अपेक्षा गरिएको छ, जसले भिडियो हेर्दा, गेम खेल्दा तथा दैनिक सामग्री प्रयोग गर्दा थप इमर्सिभ भिजुअल अनुभव प्रदान गर्नेछ ।
क्यामेरा क्षमतातर्फ पनि भिभो भि८० लाईटले विशेष अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता तथा कन्टेन्ट क्रिएटरहरूको आवश्यकतालाई ध्यानमा राख्दै यसमा ३२ मेगापिक्सेल ग्रुप सेल्फी क्यामेरा उपलब्ध हुने भनिएको छ , जसले समूहमा सेल्फी खिच्दा धेरै व्यक्तिलाई एउटै फ्रेममा सहज रूपमा समेट्न सहयोग गर्नेछ । त्यसैगरी, कम प्रकाशमा पोट्र्रेट फोटोग्राफीलाई थप प्रभावकारी बनाउन ५० मेगापिक्सेल क्लियर नाइट पोट्र्रेट क्यामेरा रहने प्रारम्भिक जानकारी सार्वजनिक भएका छन्। सोनी सेन्सरमा आधारित भनिएको यस क्यामेराले रातको समयमा तथा कम प्रकाश भएको वातावरणमा स्पष्ट र आकर्षक पोट्र्रेट खिच्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
समग्रमा, “स्ले एभरी एज” अवधारणामार्फत भिभो भि८० लाईटले स्टाइल, सहजता र कार्यसम्पादनलाई एउटै अनुभवमा जोड्ने प्रयास गर्ने देखिन्छ । परिष्कृत कभ्र्ड डिजाइन, ठूलो ब्याट्री, शक्तिशाली प्रोसेसर तथा कन्टेन्ट क्रिएसनमा केन्द्रित क्यामेरा क्षमताको संयोजनसहित आउने अपेक्षा गरिएको भिभो भि८० लाईटले नेपाली स्मार्टफोन बजारमा नयाँ विकल्प प्रस्तुत गर्ने विश्वास गरिएको छ । स्मार्टफोनको आधिकारिक मूल्य, उपलब्धता तथा नेपालका लागि अन्तिम स्पेसिफिकेसनसम्बन्धी जानकारी कम्पनीले आगामी दिनमा सार्वजनिक गर्नेछ ।










Comment